इटहरी : प्रदेश १ का दुई उपमहानगरपालिका धरान र इटहरी सुनसरी जिल्लामा पर्छन् । दुवै राजनैतिक र विकासको हिसाबमा प्रतिस्पर्धामा छन् । तर पछिल्लो समय आन्तरिक आम्दानी र बजेटमा पनि इटहरीले धरानलाई पछि पार्दै आएको छ ।
सङ्घीय सरकारले हालै सार्वजनिक गरेको बजेटमा पनि धरान भन्दा इटहरी अगाडि छ । इटहरीले ९५ करोड २३ लाख रुपैयाँ बजेट पाउँदा धरानले ८३ करोड ४ लाख बजेट पाएको छ । अघिल्लो आर्थिक वर्षमा धरानले ८६ करोड ७७ लाख बजेट पाउँदा इटहरीले ८२ करोड ४३ लाख पाएको थियो ।
यस्तो छ सुनसरीका १२ पालिकाको सङ्घीय बजेट
इटहरी उप-महानगरपालिका : ९५ करोड २३ लाख
धरान उप-महानगरपालिका : ८३ करोड ४ लाख
इनरुवा नगरपालिका : ४८ करोड ३ लाख
दुहबी नगरपालिका : ४९ करोड ७ लाख
वराहक्षेत्र नगरपालिका : ६२ करोड ७५ लाख
रामधुनी नगरपालिका : ४४ करोड ८३ लाख
कोशी गाउँपालिका : ३९ करोड ६८ लाख
गढी गाउँपालिका : २९ करोड ५७ लाख
देवानगञ्ज गाउँपालिका : ३६ करोड ४६ लाख
बर्जू गाउँपालिका : ३२ करोड ४९ लाख
भोक्राहा नरसिंह गाउँपालिका : ३२ करोड १५ लाख
हरिनगर गाउँपालिका : ३९ करोड ५७ लाख