धरान : धरानमा आज सम्ममा ४५० ढक तराजु परीक्षण गरी अद्यावधिक गरिएको छ । 

धरानमा पछिल्लो समय ढक तराजुमा कम तौल हुने जनगुनासो आएपछि नापतौल कार्यालय विराटनगरबाट ढक, तराजु, काटा तथा डिजिटल तराजुको परीक्षण गरी अद्यावधिक गर्ने कार्य  धरान स्थित उद्योग वाणिज्य सङ्घको कार्यालयमा भइरहेको छ।

धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले अध्यवधिक गरी मौकाको फाइदा लिनुहुन सम्पूर्ण  व्यवसायी वर्गहरूमा अनुरोध गर्दै भोलि थप एक दिन पनि ढक तराजु परीक्षण गरी अद्यावधिक गर्न  फेसबुक मार्फत अनुरोध गरेका छन्। 

अहिले सम्म ४५० वटा विभिन्न प्रकारका साधारण, डिजिटल ढक तराजु परीक्षण गरी अद्यावधिक गरिएको अधिकृत सापकोटाले बताए ।

Dhak-Taraju-1