धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचन तालीका प्रकाशित भएको छ । असार २० गते हुने निर्वाचनको लागि जेठ ३१ गते नै निर्वाचन तालीका प्रकाशित गरिएको हो । 
सुनसरीकै पुरानो उद्योग वाणिज्य सङ्घको रूपमा रहेका धरानको सुनसरी उवासंघमा नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको छ । निर्वाचन मार्फत नेतृत्व चयन हुने भए पनि निर्वाचन समितिले कार्यतालीका प्रकाशित गरेको हो । 
जस अनुसार असार १० गते १२ बजे मतदाता नामावली प्रकाशन हुने भएको छ । १० गते नै १२ बजेदेवी ११ गते ३ बजेसम्म मतदाता नामावली संशोधनको समय राखिएको छ । सोही दिन ४ बजे अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यालयले जनाएको छ । 
१२ गते १० बजेदेवी ३ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ । सोही दिन साढे ३ बजे उम्मेदवारी नामावली प्रकाशित हुने भएको छ । १३ गते ११ बजेदेवी साढे ३ बजेसम्म उम्मेदवारी विरुद्ध दाबी विरोधको समय छुट्ट्याएको छ भने सोही दिन ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । 
१४ गते ३ बजेसम्म उम्मेदवारी फिर्ताको सम्म उम्मेदवारी फिर्ता हुने र साढे ३ बजे अन्तिम नामावली प्रकाशित हुने भएको छ । त्यसपछि २० गते बिहान ८ बजेदेवी ३ बजेसम्म मतदान हुने भएको छ । मतदान पश्चात् साढे ३ बजेदेवी मतगणना हुने निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए ।
sunsari-uba-sang-talika