चतरा : सुनसरीको बराहक्षेत्रमा नगरपालिका चक्रघटिमा लायन्स क्लब अफ सप्तकोशी डायनामिक स्थापना गरिएको छ । लायन्सको शाखा संस्थाको रूपमा सन्तोष चौलागाई संस्थापक अध्यक्ष रहेको लायन्स अफ सप्तकोसी डायनामिक स्थापना भएको हो । डायनामिकलाई लायन्स क्लब अफ धरान  बुढासुब्बाले स्पोन्सर गरेको थियो । 
चक्रघट्टिमा शनिवार औपचारिक कार्यक्रम गरी पदभार समेत ग्रहण गरिएको छ । भन्ने डाइनामिकलाई बिधिबत रूपमा कानुनी मान्यता समेत प्रधान गरिएको थियो । संस्थापक अध्यक्ष सन्तोष चौलागाई रहेको क्लबमा प्रथम उपाध्यक्षमा दुर्गा नन्द दास, उपाध्यक्षमा सुजित राय, महासचिवमा शिशिर तामाङ(अर्जुन),कोषाध्यक्षमा गोपाल कार्की लगायत २० जना सदस्यहरू रहेका छन् ।
अध्यक्ष प्रेमराज शाक्यको अध्यक्षतामा तथा डिस्ट्रिक्ट गभर्नर रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  
वराहक्षेत्रमा सप्तकोसी डायनामिक स्थापना भएसँगै लायन्सका क्लब ३ वटा भएका छन् । यस अगाडि चक्रघट्टिमा लायन्स अफ कोसी रिभिर र भरौलमा लायन्स अफ कालाबञ्जर स्थापना भएका थिए ।