धरान : धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको आयोजनामा भइरहेको ट्यालेन्ट हन्टका सहभागी विद्यार्थी खेलाडीहरूका लागि सियोन स्कुलले टि-सर्ट सहयोग प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सियोन स्कुलका अध्यक्ष खड्क बहादुर मगरले प्रशिक्षण क्याम्पका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगी प्रशिक्षक  हेमन्त राई , युगल लिम्बु, डा.आशा राई र दिवस राईलाई संयुक्त रूपमा टि-सर्ट प्रदान गरेका थिए ।

धरान-१२ स्थित चतारालाईनमा रहेको धरान मेघा कलेजको बास्केटबल कोर्टमा असार ५ देखि  एसइई परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ लक्षित गरी बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भइरहेको छ ।

बास्केटबल खेल विकास तथा खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले सङ्घले विगत देखि नै ट्यालेन्ट हन्टको आयोजना गर्दै आएको छ । ट्यालेन्ट हन्टमा सहभागी प्रतिभावान् खेलाडीहरूलाई बास्केटबल सङ्घले  धरानको विभिन्न कलेजहरूमा सिफारिस गरी छात्रावृतीमा अध्ययन गर्दै आइरहेका छन् । हालसम्म सङ्घले ट्यालेन्ट हन्ट कार्यक्रम  मार्फत धरानको विभिन्न स्कुल कलेज, प्लस टु र व्याचलर लेबलमा सय भन्दा बढी महिला तथा पुरुष बास्केटबल खेलाडीहरू छात्रावृतीमा अध्ययन गरिरहेका छन् ।

सातौँ ट्यालेन्ट हन्टका प्रतिभावान् विद्यार्थीहरुलाई पनि धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, सियोन स्कुल, डिपो स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुबेदीले जानकारी दिए ।

बास्केटबल खेल धरानको पहिचान बनिसकेको बताउँदै यसलाई थप स्थापित र व्यावसायिक बनाउन धरान मेघा कलेजले पनि बास्केटबल सङ्घ सँग सहकार्य गरी अघि बढेको कलेजका अध्यक्ष कैलाश आङ्देम्बेले बताए । उनले यो कार्यक्रम धरान उपमहानगरको सान बन्न पुगेको बताउँदै यसलाई जोगाउनकै लागी भए पनि मेघा कलेजले निरन्तर सहयोग रहिरहने बताए । 

यसै गरी सियोन स्कुलका अध्यक्ष खड्ग मगरले धरानलाई खेलकुदको सहर बनाउन यो कार्यक्रमले ठुलो सहयोग पुर्याउने बताउँदै सियोन स्कुलले यसको लागी विना सर्त सहयोग गर्ने बताए । उनले भने धरान यसै पनि खेलकुदको सहर हो यसलाई विकास गर्न सियोन स्कुलले गर्नुपर्ने भूमिका निर्वाह गर्नेछ । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बास्केटबल सङ्घ सुनसरीका अध्यक्ष नारायण सुवेदीले भने यो कार्यक्रमले विद्यार्थीहरूलाई अनुशासित बनाएको छ । 

नेपाल बास्केटबल सङ्घ सुनसरीका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा आयोजित टि-सर्ट हस्तान्तरण कार्यक्रममा सियोन स्कुलका अध्यक्ष खड्ग मगर प्रमुख अतिथि र अतिथिको रूपमा  नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई समेतको उपस्थिति रहेको थियो । ट्रेनिङ क्याम्पमा ६ कक्षा देखि ब्याचलर लेबलका महिला पुरुष ५० जना खेलाडी बिद्यार्थीहरुले सहभागिता जनएका छन् ।

Tsirt-1