चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ७ मा रहेको सप्तकोसी बहुमुखी क्याम्पसलाई नयाँ बस प्राप्त भएको छ। 
नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको आग्रहमा मित्र राष्ट्र भारतको भारतीय दूतावासबाट क्याम्पसका लागि बस प्राप्त भएको जानकारी आएको क्याम्पस प्रमुख खगेन्द्रबहादुर निरौलाले बताए।
क्याम्पस प्रमुख निरौलाका अनुसार दूतावासले बस क्याम्पस सहयोग गरेको जानकारी गराएको र आइतबार काडमाण्डौ दूतावास जाने तयारी गरिएको छ।
क्याम्पसले अहिले दुई वटा बस भाडामा लिएर बिद्यार्थीहरुलाई यातायातको सेवा दिइरहेको छ । चतरा, कालाबञ्जर, मधुवन, प्रकाशपुरमा बिद्यार्थीहरुको चाप भएकाले क्याम्पसले मन्त्री कार्कीसँग बस आवश्यकता बारे जानकारी गराएको थियो ।
क्याम्पसलाई बस उपलब्ध गराउन नगर प्रमुख रमेश कार्कीको पनि महत्त्वपूर्ण सहयोग रहेको क्याम्पस प्रमुख निरौलाले बताए। नगर प्रमुख कार्कीले पनि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दूतावास पुगेर बस उपलब्ध गराउन आग्रह गरेका थिए । नगर प्रमुख कार्कीको नगर भित्रका न्यून आए भएका बिद्यार्थीहरुलाई उच्च शिक्षाकालागि धरान, इटहरी जाने बाध्यता हटाउने योजना रहेको बताउँदै आएका छन् । क्याम्पसको आफ्नै बस भए पछि अब धरान, इटहरी क्याम्पस बढ्न जाने बाध्यता रहेका बिद्यार्थीहरुको लागि सहयोग मिल्ने छ।