धरान : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना सङ्क्रमित भएका छन् ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको सचिवालयले आज एक प्रेस नोट जारी गरी मुख्यमन्त्री सहित परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको हिजो साउन १६ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री सहित तीन जनामा कोभिड सङ्क्रमण देखिएको जानकारी दिएको हो ।
पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीकी श्रीमती शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राई सहित तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मुख्यमन्त्री सहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोरोना सङ्क्रमणका कारण मुख्यमन्त्रीको भेटघाट लगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जनाएका छन् ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































