धरान : धरानका मेयर हर्क साम्पाङले सञ्चालन गरेको साप्ताहिक बृक्षरोपण अभियानमा आज धरानको सर्दु, खर्दु र निशाने खोला क्षेत्रमा हजारौँले वृक्षारोपण गरेका छन् ।
मेयर साम्पाङको अभियानमा आज धरानका मात्रै होइन वीरगन्ज, झापा, ताप्लेजुङ, भोजपुर, इटहरी लगायतका मानिसहरूले स्वतःस्फूर्त बिरुवा लिएर उपस्थित भई वृक्षारोपण गरेका छन् ।
हजारौँको सहभागिता रहेको कार्यक्रममा बीपी पार्क देखि उत्तर तिरको सबै क्षेत्रमा बृहत् वृक्षारोपण भएको छ । मेयर साम्पाङको अभियानमा हरेक हप्ता सहभागिता बढ्दै गइरहेको छ ।
मेयर साम्पाङको अभियानमा माओवादी नेता मुक्सामहाङको पनि सहभागिता
मेयर हर्क साम्पाङको अभियानमा नेकपा माओवादीका नेता मुक्सामहाङ मेन्याङबोले पनि आज सहभागिता जनाएका छन् ।
बिहान आफै बिरुवा बोकेर बृक्षरोपण भइरहेको क्षेत्रमा पुगेका नेता मेन्याङ्बोले मेयरको यो अभियानमा आम धरानवासीले साथ सहयोग गर्नुपर्ने र सहभागी हुनुपर्ने बताए । उनले मेयर साम्पाङको अभियान प्रति प्रतिबद्धता पनि जाहेर गरे । आफू भ्याए सम्म मेयरसावको अभियानमा सहभागी हुने र नभ्याएको खण्डमा मात्रै सहभागी हुन नसकेको बताए ।
मेयर साम्पाङको अभियानमा अहिले सम्म राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता नभइरहेको बेलामा आफ्नो सहभागिताले यसलाई चिर्ने बताउँदै मेयरले कार्यपालिका बैठकमै एउटा एजेन्डा बनाएर सबैले श्रमदानका लागि सहभागी हुनका लागि निर्णय नै गर्नुपर्ने बताए ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































