धरान : धरानको सर्दु खोलामा भर्खरै निर्माण सम्पन्न प्रोटोटाइपको मिनी हाइड्रोपावर सञ्चालनमा आएपछि अहिले सर्दु पुल झिलिमिली भएको छ ।
केही दिन देखि सञ्चालनमा आएको ६५० वाट क्षमताको पावर हाउस सञ्चालनमा आएपछि अहिले सर्दुको फ्लावर ब्रिज, ओशो पार्क र बीपी स्मृति पार्क उज्यालो भएको हो । केहीले यो पावर हाउसलाई डाइनामो चलाएको र खेलाउना भनेर सामाजिक सञ्जालमा आलोचना गरेका थिए ।
तर सर्दु पुलबाट करिब ८ सय मिटर उत्तरबाट बिजुली ल्याएर पुल नै झिलिमिली भएकोमा स्थानिय व्यवसायी पनि निकै खुसी भएका छन् । उनीहरू भन्छन्- 'यहाँबाट उत्पादन भएको बिजुलीको क्षमता बढाएर अरू तिर पनि वितरण गर्दा अझ राम्रो हुने थियो ।'
सर्दु खोलाबाट सानो क्षमताको बिजुली उत्पादन सुरु भएकोमा विद्युत उत्पादन सम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई पनि अध्ययन गर्ने थलो बनेको छ । अहिले सर्दुबाट उत्पादन भएको बिजुली खानेपानीको चौकीदार बस्ने घर र बीपी स्मृति पार्क, ओशो पार्कसँगै सर्दुको फ्लावर ब्रिजमा गरी जम्मा ११ स्थानमा बत्ती बालिएको पावर हाउसका प्रोजेक्ट मेनेजर तर्कबहादुर मगरले बताए ।






![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































