चतरा : संङ्घिय सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसी नदीबाट भोग्दै आएको स्थानीयको समस्यालाई दिर्घकालिन रूपमा समाधानकालागि योजना बनाउने उद्घोष गरेका छन् । दिगो रूपमा सप्तकोसी कटान नियन्त्रण गर्ने नेपाल सरकार लागि पर्ने मन्त्री कार्कीले बताए । शनिवार वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित श्रीलङ्का टप्पु पुगेका मन्त्री कार्कीले कोसी कटानबाट प्रभावित क्षेत्रलाई सरकारले प्रकोप सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर स्थायीको समस्यालाई समाधानको योजना बनाउन खोजिएको बताए । 

मन्त्री कार्कीले भने- 'कोसी कटानबाट पीडितको समस्यालाई तत्कालीन र दीर्घकालीन रूपमा योजना बनाएर समान गर्ने सरकार लागि परेको छ ।' कोसी पीडितको समस्या र दुखलाई सरकारले बुझेको छ । तत्काल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । अब चाँडै योजना बनाएर सरकारले दीर्घकालीन रूपमा समाधानको खोजी गर्नेछ । श्रीलङ्का टप्पुको आधारभूत विकासमा योजना बनाएर काम गरे । अब बस्तीको स्थायी रूपमा संरक्षण गर्ने योजना बनाएर काम गर्ने छु । 

शनिवार नै मन्त्री कार्कीले १ सय १६ कोसीबाट प्रभावित परिवारलाई खाद्यान्न प्रदान गरेका थिए। चौधरी फाउडेशन, करुणा फाउडेशन, सङ्कलन सिबिआर नेपाल र जापनिज संस्था एपास्टको सहयोगमा स्थानीय कोसी पीडितलाई खाद्यान्न स्वरूप चामल, दाल, नुन  तेल, साबुन, झुल, टर्चलाइट लगायत सामाग्री प्रदान गरिएको थियो । 

मन्त्री कार्कीले टप्पुवासीको समस्या बारे स्थानीयसँग छलफल समेत गरेका थिए । बिधुत सेवा उपलब्ध गराएपछि टप्पुवासीको मनमा बसेका मन्त्री कार्कीलाई स्थानीयले चाँडो रूपमा कोसी कटान नियन्त्रण गरीदिन अनुरोध गरेका थिए ।

mantri-karki-koshi-3वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा प्रमुख इन्द्रदेव यादव, वडा नं ६ का अध्यक्ष उद्धवप्रसाद पोखरेल, वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवंशी, वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ लगायत स्थानीय जनप्रतिनिधि, चौधरी फाउडेशन

करुणा फाउडेशन, सङ्कलन सिबिआर नेपाल र जापनिज संस्था एपास्टका प्रतिनिधि लगाएको उपस्थिति रहेको थियो । शनिवारनै मन्त्री कार्कीले वराहक्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरमा नेपाल टेलिकमले जडान गरेको नेपाल नेटवर्क फाइबर  नेटवर्क र नेन्ड लाइन फोनको बिस्तार तथा शुभारम्भ गरिएको वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङले बताए ।