विराटनगर : विराटनगरमा रहेको सोम्स कलेजमा एसीसीए अध्ययनरत छात्रा श्रेया पोखरेल अमेरिका जाने भएकी छिन् । उनले युके बोर्डको एसीसीए विषयमा ४ बटा विषयको अध्ययन सोम्स कलेजबाट नै गरिसकेको र बाँकी अध्ययनलाई आफ्नो इच्छा अनुसार निरन्तरता दिनको लागी अमेरिका जाने भएकी छिन्। 
कलेजले एक औपचारिक कार्यक्रम गरी उनको उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरेको कलेजका सञ्चालक रोशन घिमिरेले बताए ।
एसीसीए अध्यापन गराउने पूर्वको पहिलो तथा एक मात्र कलेज भएकोले पूर्वमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र महोत्तरी सम्मका बिधार्थीहरुलाइ अध्यापन गराउँदै आएको सञ्चालक घिमिरेले जानकारी दिए । 
पछिल्लो समय सोम्स कलेज एसीसीए तथा विविएस अध्ययनको लागी बिधार्थीहरुको रोजाइमा पर्न थालेको उनले बताए ।