इटहरी : इटहरीको मुख्य बजारमा सिटी सफारी चालकको हात काटिएको छ। सिटी सफारी चालक भुने चौधरीलाई आफन्त पर्ने राम भुजेलले खुकुरी प्रहार गरी हात छिनाएका हुन । 
इटहरी-५ का सिमरवनाका भुजेल र चौधरी बिच पारिवारिक सम्बन्ध रहेको छ । केही दिन अगाडि भुजेलले घरैमा चौधरी माथि आक्रमण प्रयास गरेका थिए । भुजेलले के कारण चौधरी माथि आक्रमण गरेको अझै प्रष्ट हुन सकेको छैन । 
प्रहरीका अनुसार हात काटिएपछि चौधरीको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मुख्य व्यक्ति राम भुजेल फरार रहेकाले तिव्ररुपमा खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
itahari-city-khukuri-3