काठमाडौँ : विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेदेखि नै प्रयोगकर्ताहरूको विश्वास र माया प्राप्त गर्दै आइरहेको छ । नेपालीहरूको महान् पर्व दशैं तिहारलाई लक्षित गर्दै भिभोले प्रयोगकर्ताहरूको जीवनमा उत्साह र उमङ्ग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तारिखसम्मका लागि 'दशैं तिहार भिभो को साथमा, दैनिक उपहार हातमा' योजना ल्याएको हो ।   
भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरू ल्याएको थियो जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् । साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढीको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्नेछन् । यस योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेको कम्पनीले जनाएको छ । 
यस योजना सीमित अवधिका लागि मात्र उपलब्ध छ । र, योजना सक्किन मात्र केही समय बाँकी छ तर, हामीसँग अझै हात खाली नजाने उपहारहरू छन् । त्यसैले छिटैं भिभो मोबाइल खरिद गरेर आफू र आफ्ना प्रियजनहरूको लागि भिभोका विशेष उपहार जित्नुहोस् र चाडपर्वलाई अझै रमाइलो बनाउनुहोस् । 

यस योजनामार्फत भिभोले प्रयोगकर्तालाई विशेष महसुस गराउने र चाडपर्वमा उमङ्ग थप्ने कोसिस गरेको छ । साथै, यस योजनामा सहभागिताको सहजता र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न भिभोले चाडपर्वका अफरमा सहभागी हुने प्रक्रियालाई सहज बनाएको छ । दशैंको लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताहरूले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ, वा www.vivodashain.com मा गएर फारमको विवरण पेश गर्नु पर्नेछ र केही सेकेण्डमा, प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुन्छ । हालसम्म १५,००० भन्दा बढी ग्राहकहरु यस योजनामा सहभागी भइसकेका छन् । अफरहरू यही ३१ अक्टोबरसम्म मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।