पथरी : पथरीशनिश्चरे प्रीमियर लिगको प्लेअफ समीकरण पुरा भएको छ । लिग लिडर हुँदै रोयल किङ र लिग दोस्रो हुँदै कीर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छन् भने क्लासिक एलाभेन, हसन्दह र हिसाब किताब ट्राइडेन्सले इलिमेटर खेल्ने छन् ।
लीग चरणको अन्तिम खेलमा वीरेन्द्रनगर स्टिल टाइगर र बुद्ध युनाइटेड विजयी भएका छन् । मंगलबार सम्पन्न लीग चरणको अन्तिम खेलमा रोयल किङ माथि ४३ रनले विजयी हुँदै वीरेन्द्रनगर स्टिल टाइगरले सान्त्वना जित हासिल गर्यो भने बुद्ध युनाइटेडले हिसाब किताब ट्राइडेन्स माथि १ विकेटको रोमाञ्चक जित हासिल गर्यो । पहिलो खेलमा बिरेन्द्रनगरले १९ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनायो । रोयल किङ १९ ओभर ४ बल खेल्दै ६६ रनमा प्याक्अप भयो ।
रोयल किङका भानु विकले २० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । रोयलका ३ ब्याट्सम्यान शून्य रनमा आउट भए । बिरेन्द्रनगरका रेवत थक्सुले ४ ओभरमा २ रन दिएर ३ विकेट लिए । सतिस आचार्यले २ विकेट लिँदा मुरारी खनालका नाममा १ विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरका लागी आभास पाहिमले २७ रन बनाउँदा रेवत थक्सुले १५ रन बनाए । रोयलका लागी भुपेन राईले ३ तथा महेश कार्की विश्व बस्नेत र दीपेश राईका नाममा २/२ विकेट रह्यो।
खेलको म्यान अफ दि म्याच रेवत थक्सु घोषित भए ।
दोस्रो खेलमा बुद्ध युनाइटेड विजयी भयो । हिसाबकिताबले दिएको १२९ रनको लक्ष्यलाई १८ ओभर १ बलमा ९ विकेट गुमाउँदै बुद्ध युनाइटेडले पुरा गर्यो । बुद्ध युनाइटेडका राजेश दाहालले ३३ विशाल तामाङले २५ राकेश राईले २४ र राजकुमार मगरले अविजित १९ रन बनाए । हिसाब किताबका सुरज खडकाले ४ विकेट कैलाश श्रेष्ठले २ विकेट पुरुषोत्तम न्यौपाने, नेल्सन दंगाल र दिवस राजवंशीले १/१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको हिसाब किताब ट्राइडेन्सका सुवास भण्डारीको ३९ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । हिसाब किताबकालागी कैलाश श्रेष्ठले २६ र सञ्जय पक्राले १९ रन बनाए । बुद्ध युनाइटेडका सुदिप चौधरीले ३ तथा आशुतोष थापाले २ विकेट लिए राजकुमार मगर र राजु राईले १/१ विकेट लिए । मगर म्यान अफ दि म्याच घोषित भए ।
अन्तिम खेलमा विजयी भए पनि कम रन रेटका आधारमा बुद्ध लिगबाट बाहिरियो । बुद्ध युनाइटेड, मङ्गलवारे लिजेण्ड, आइतबारे अस्त्र र वीरेन्द्रनगर स्टिल टाइगर पथरीशनिश्चरे प्रीमियर लीगबाट बाहिरिएका छन् ।