• अर्जुन काफ्ले
पथरी : रोयल किङ पथरीशनिश्चरे प्रीमियर लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार सम्पन्न दोस्रो क्वालिफायरमा क्लासिक एलाभेन हसन्दहलाई ६८ रनले पराजित गर्दै रोयल किङले फाइनलको यात्रा तय गरेको छ।
आइतबार हुने फाइनलमा रोयलले सातबाघको सामना गर्नेछ। शुक्रवार भएको दोस्रो क्वालिफायरमा टस जितेर ब्याटिङ गरेको रोयल किङले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो । जसका लागी कप्तान राज बस्नेतले ५६ रन बनाए । रोयलका पावल राईले १५ रन बनाए । क्लासिक हसन्दहका लागी सुजन खत्रीले ३ सञ्जीव धिमालले २ विकेट लिँदा सुशील बस्नेतले १ ले एक विकेट लिए । जवाफी ब्याटिङ फर्काएको क्लासिक एलाभेन हसन्दह २० ओभरमा ९ विकेट गुमाएर १०७ रनमा सीमित भयो ।
जसका लागी सोलोमन राईले ३० सञ्जीव धिमाल र देवेन्द्र थापाले समान १४ तथा सुशील बस्नेतले १२ रन बनाए । रोयलका लागी विश्व बस्नेतले ४, राज बस्नेतले २ तथा भुपेन राई र महेश कार्कीले समान १र१ विकेट लिए । खेलको म्यान अफ दि म्याच रोयलका राज बस्नेत घोषित भए ।
आइतबार हुने फाइनलको विजेताले १ लाख ११ हजार १ सय ११ र ट्रफी तथा उपविजेताले ५५ हजार ५ सय ५५ र ट्रफी जित्ने छन् । पथरीशनिश्चरे प्रीमियर लिगको तेस्रो संस्करणमा भेट पक्का गरेका कीर्तिपुर सातबाघ र रोयल पहिलो संस्करणको फाइनलमा समेत उपाधिका लागी भिडेका थिए । जसमा रोयलले उपाधि जितेको थियो ।