• अर्जुन काफ्ले
पथरी : तेस्रो पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि कीर्तिपुर सातबाघले जितेको छ। आइतबार रोयल किङ माथि ३ विकेटको जित निकाल्दै कीर्तिपुर सातबाघले दोस्रो पटक उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको रोयलले सातबाघलाई १०७ रनको लक्ष्य दिएको थियो । रोयलले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । रोयलका राज बस्नेतले २२, भूपेन्द्र राईले १९ र भानु विकले १४ रन बनाए । कृत्तिपुरका अनीश लुइँटेलले ४, अस्विन महतले २ तथा रहर लामाले १ विकेट लिए । 
जबाफी ब्याटिङमा उत्रिएको सातबाघले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । सातबाघका अनीश लुइँटेल २६, निधित राईले २५, र रहर लामाले १६ रन बनाए । रोयल किङका दीपेश श्रेष्ठले ३ भुपेन राई महेश कार्की र राज बस्नेतले १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच अनीश लुइँटेल घोषित भए । 
विजेताले १ लाख ११ हजार १ सय ११ र ट्रफी जित्यो । उपविजेताले ५५ हजार ५ सय  ५५ मा सीमित भयो । प्रतियोगिताको विधागत तर्फ क्लासिक एलाभेन हसहन्दका खेलाडीको आधिपत्य रह्यो । 
उदयमान प्रभाशाली खेलाडी हिसाब किताबका नेल्सन दंगाल र हसहन्दका सुजन खत्री घोषित हुँदा क्लासिक एलाभेन हसन्दह सुधीर बस्नेत उदयमान खेलाडीको ट्रफी जिते। उत्कृष्ट क्याचको उपाधि बुद्ध युनाइटेडका राकेश राईले जिते । उत्कृष्ट क्षेत्र रक्षण हसहन्दका सोलोमन राईले जिते । उत्कृष्ट ब्याट्सम्यान र प्रतियोगिताकै उत्कृष्ट खेलाडी हसन्दहकै सञ्जीव धिमाल घोषित भए ।उत्कृष्ट बलर रोयलका विश्व जङ्ग बस्नेतले जिते । 
विजेता र उपबिजेतालाई पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्वापो र प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले उपाधि वितरण गरे । 
असोज २२ गतेबाट सुरु भएको प्रतियोगितामा नगर भित्रका ८ वटा फ्रेन्चाइज क्लबको सहभागिता रहेको थियो ।