इटहरी : प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले श्वेतपत्र सार्वजनिक गरेका छन् । भोजपुर जिल्लाको चौतर्फी विकाश निर्माणमा आफूले गरेको योगदान उल्लेख गर्दै उनले चुनावी श्वेतपत्र सार्वजनिक गरेका हुन् । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार राईले मुख्यमन्त्री हुँदा भोजपुर सडक, पुल, शिक्षा, पर्यटन तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको बताएका छन् । साना ठुला ६७ वटा सडक यातायात कार्यक्रम आयोजना, सडक पुल १२, खानेपानीका ३६ आयोजना ल्याएको उनले उल्लेख गरेका छन् । त्यस्तै १६ वटा सिँचाईका आयोजना र ७ वटा सामुदायिक भवन निर्माण गरेको उनको दाबी छ । पूर्वाधार विकाश, सडक सुरक्षा, सुरक्षित आवास कार्यक्रम लगायत शिक्षा क्षेत्रको उल्लेख्य सुधारको काम गरेको श्वेतपत्रमा उल्लेख छ । 
भोजपुरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सुदन किराँती सँग प्रतिस्पर्धामा छन् । मुख्यमन्त्री हुँदा कुनै पनि विकाशको कार्यक्रम नल्याएको भन्दै किराँतीले आरोप लगाउन थालेपछि राईले श्वेतपत्र नै सार्वजनिक गरेका हुन् ।  
राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त भएका थिए । २०७८ भदौ १० गते राईले राजीनामा दिएपछि नेकपा एमालेका नेता भीम प्रसाद आचार्य मुख्यमन्त्री भएका थिए । 
पूर्व मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरेको श्वेतपत्र :