धरान : लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी-१ को (क) र (ख) प्रदेश सभा सांसद उम्मेदवारद्वय उमेश थापा र रेवती रमण राईले शुक्रवार जारी प्रतिबद्धता पत्रमा प्रदेश १ को नामकरणलाई पहिलो चुनावी एजेण्डा बनाएका छन् । काँग्रेस, माओवादी, नेकपा एसद्वारा संयुक्त रूपमा जारी संकल्पपत्रको पहिलो बुँदामा प्रदेशको नामकरणलाई प्राथमिकतामा राखिएको हो । 
दलहरूको घोषणापत्रका कुरा कार्यान्वयन नहुने भनी आलोचना भइरहेको बेला प्रदेश सांसदहरूले निर्वाचन लगत्तै प्रदेश सभामा कार्यान्वयन गर्न सक्ने एजेण्डाका रूपमा प्रदेशको नामकरणलाई प्राथमिकता दिएको बुझिन्छ । प्रदेश १ को पहिलो प्रदेश सभाले ५ वर्षे कार्यकालमा पनि प्रदेशको नामकरण गर्न सकेन । दलहरूले यसलाई प्राथमिकतामा नराखेकाले प्रदेशको नामकरण हुन नसकेको हो ।
तिन दलीय गठबन्धनले प्रदेश सांसद चुनावी प्रतिबद्धता पत्रमा नामकरणलाई पहिलो प्राथमिकतामा राखेकाले निर्वाचनपछि बस्ने पहिलो प्रदेश सभामा मुख्य ऐजण्डा नामकरण नै बन्ने निश्चित छ । प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा काँग्रेस प्रदेश महामन्त्री समेत रहेका सुनसरी-१ (क) प्रत्याशी थापाले गठबन्धन विजयी भएको अवस्थामा नामकरणलाई प्रदेश सभाको पहिलो एजेण्डा बनाउने बताए ।
उनले प्रदेशको नामकरणका बारेमा धेरै बहस भइसकेकोले पहिचानकै आधारमा नामकरण गरिने बताए । गठबन्धनका सुनसरी-१ (ख) का प्रत्याशी राईले जनभावना अनुसार पहिचानकै आधारमा प्रदेशका नामकरण गरिने बताए । जारी संकल्पपत्रको पहिलो बुँदामा नामकरणबारे भनिएको छ ‘ऐतिहासिक पृष्ठभूमि र सभ्यता सँग सम्बन्धित पहिचानका आधारमा प्रदेश १ को नामाङ्कन गरिने छ ।’
प्रदेशको नामकरण हुन नसक्नुको कारण उल्लेख गर्दै भनिएको छ ‘सुनसरी १ नं. क्षेत्र, केन्द्र र प्रदेशबाट सधैँ पहुँच बाहिर रहँदै आएको छ । नेतृत्व तहमा पुगेकाहरूले प्रदेश १ को नामाङ्कन गर्न सकेनन् नै यस क्षेत्रलाई केन्द्र र प्रदेश सँग जोड्न नसकेको छर्लङ्गै छ ।’ हिजोको अवस्थामा रहेको त्यो स्थितिलाई तिन दलीय गठबन्धनले नयाँ परिस्थितिमा दिर्घकालिन र रणनीतिक योजनाहरूलाई नयाँ ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता संकल्पपत्रमा प्रकट गरिएको छ ।
गठबन्धनका सुनसरी-१ सङ्घीय प्रतिनिधि सभा सांसदका प्रत्याशी मुक्सामहाङ मेन्याङबोले प्रदेश १ को एक कार्यकाले  नामकरण नगरी खेर जानुमा केन्द्रीय हस्तक्षेप पनि उत्तिकै जिम्मेवार रहको बताए । प्रदेशको जनभावनामा प्रदेश सभामा प्रतिनिधित्व हुन नपाउँदा नामकरण हुन नसकेको उनको भनाई थियो । नयाँ निर्वाचनबाट गठन हुने प्रदेश सभामा गठबन्धनको भूमिका निर्णायक बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता जनाए ।
संकल्प-पत्र, सुनसरी-१ (क) :
संकल्प-पत्र, सुनसरी-१ () :