इटहरी : आज सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताको उत्साहजनक उपस्थिति भएन। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उत्साहित देखिएका मतदाताले यस पटक खासै चासो देखाएनन् । 
आज सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुनसरीमा ६३ ६२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
इटहरी-५ का कमल लिम्बु मतदान गर्न खासै जाँगर नचलेको भन्दै घरैमा बसेको बताए। उनका छिमेकीले भने नयाँ पार्टीलाई भोट हालेको सुनाए । 
सुन्दरहरैचा-४ कि कल्पना चौधरी पनि मतदानमा सहभागी भइनन् । बारम्बार भोट दिएर विजयी गराउँदा समेत कुनै फाइदा नभएको उनको बुझाई छ। 
उपस्थित मतदातामा पनि कुनै उत्साह देखिएन । स्थानीय निर्वाचनमा छिमेकी वा आफन्त उम्मेदवार हुँदा उत्साहित देखिएका मतदाता पुराना उम्मेदवार र पार्टी देखि दिक्क भएको इटहरीका स्थानीय वीरेन्द्र कार्की बताउँछन् । अब पुराना पार्टीले नयाँ शैली अपनाउनुपर्ने नभए दलहरूको विकल्प खोज्न सुरु भएको उनले बताए ।
matadan-2079-2