काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले विजयी भएका छन्।
काँग्रेसका महामन्त्रीसमेत रहेका थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्।
थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका थिए। उनीहरूबिच सात हजारभन्दा बढीको मतान्तर छ। यहाँ ४५ हजार पाँच सय ३ मत खसेको थियो। यहाँ औपचारिक घोषणा हुन बाँकी छ। काठमाडौँ-४ मा यी दुई प्रतिस्पर्धीबिच रोचक प्रतिस्पर्धाको इतिहास छ।
२०७४ को निर्वाचनमा पनि यी दुईबिच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका छन्। २०७० को चुनावमा पनि गगनले एमालेका उम्मेदवार निर्मल कुइँकेललाई हराएका थिए। थापा २०६४ सालमा समानुपातिकतर्फबाट सांसद भएका थिए।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































