धरान : सुनसरी क्षेत्र नं.१ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार अशोक राई विजयी भएका छन् । 
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) लाई ४५३ मतले पछि पार्दै जसपा नेपालका उम्मेदवार अशोक कुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 
सोमबार बिहान सम्पन्न भएको मतगणना अनुसार १७ हजार ५९ मत प्राप्त गर्दै राई विजयी भएका हुन ।  सुनसरी क्षेत्र नं. १ प्रतिनिधि सभामा ७८ हजार ९ सय ११ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 
राईकी निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्हकी गोमा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी छन् । त्यसै गरी लोकतान्त्रिक बाम गठबन्धनका हँसिया हथौँंडा चुनाव चिन्हका मुक्साहाङ मेन्याङ्बो १३ हजार ८७ मत प्राप्त गरेका छन् । 
एमालेका विद्रोही उम्मेदवार मनोज मेन्याङ्बोले ७ हजार ८ सय १२ तथा राप्रपाका अशोक अविरल राईले  ७ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । 
sunsari-1-final-list-1
sunsari-1-final-list-2