इटहरी : सवारी पार्किङ व्यवस्थापन गर्न तदारुकता देखाएको इटहरी उपमहानगरपालिका भित्रका बजार भने अस्तव्यस्त देखिएका छन् । इटहरीको मुख्य बजार हटिया लाइन, सङ्गीत चोक, आइतबारे लगायत क्षेत्रमा पार्किङ व्यवस्थित नहुँदा समस्या बढ्दै गएको हो ।
मुख्य राजमार्गमा पार्किङ निषेध भएपछि सवारी धनीले भित्री बजारमा पार्किङ गर्न थालेका छन्  । जसले राजमार्ग व्यवस्थित भए पनि भित्री बजारमा समस्या बढेको छ । सवारी साधनको अलावा निर्माण सामाग्री र पसलको सामान सडकमा फिजाउदा झनै अस्तव्यस्त देखिएको हो ।
गत भदौ १४ गते मंगलबार देखि लागू हुने गरी सडकमा निर्माण सामाग्री र पसलका सामान राख्न नपाउने निर्णय भएको छ । इटहरीका सरोकारवालाको सर्वपक्षीय छलफल बाट भएको निर्णय अझै कार्यान्वयन भएको छैन । 
itahari-parkeing-street-mar
itahari-parking-street-mare
itahari-parking-street-mark