चतरा : वराहक्षेत्र १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिवार सातौँ साधारण सभा सम्पन्न भएको छ। समितिको आगामी कार्यकालको नेतृत्व चयनको प्रक्रिया समेत अगाडि बढेको छ। 
वराहक्षेत्र नगरपालिका नगरप्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सभाका सभापति डम्बर सिग्देलले आय, व्यय, गतिविधि र भावी योजनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले एक घर एक धारको योजनालाई कार्यान्वयन गर्न तर्फ खानेपानी उपभोक्ता समिति लाग्नुपर्ने बताए । नगरवासीले सफा खानेपानी उपयोग गर्न पाउने अभियानलाई नगरपालिकाले सधैँ सहयोग गर्ने बताउँदै नगरपालिका सधैँ नगरवासी प्रति उत्तरदायी भएको बताए ।
उपभोक्ता समितिको नयाँ कार्यकालको नेतृत्व चयनको प्रक्रिया समेत अगाडि बढेको छ। निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार आइतबारबाट निर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ।