सुनसरी : सार्वजनिक बिदाका दिन ट्राफिक प्रहरीले इटहरी चौकमा ट्राफिक लाइट सञ्चालन नगर्दा सवारी दुर्घटना हुने जोखिम बढेको छ ।
सार्वजनिक बिदाका दिन सवारीको चाप कम हुने भन्दै लाइट सञ्चालन नगर्दा सवारी चालक कसरी यात्रा गर्ने भन्ने अन्योलमा परेका छन् ।
लाइट बल्दा चौक घुम्नु नपर्ने तर लाइट अफ गर्दा गोलो चौक गुम्ने कि नघुम्ने समस्या हुने गरेको गाडी चालकहरू बताउँछन् । 
यता प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक श्याम कुमार सारु मगरले अन्य दिनको तुलनामा सार्वजनिक बिदाका दिन लाइट अफ गर्ने गरेको बताए ।  
उनले विद्यालय, सरकारी कार्यालय बन्द हुने भएकाले सार्वजनिक बिदाका दिन भिडभाड कम हुने गरेका कारण लाइट अफ गरिएको बताए । उनले लाइट अफ हुँदा गोलो चौक घुमेर यात्रा गर्नु पर्ने समेत जानकारी दिए।
itahari trafice light 3
Itahari traffice light 4
itahari chok traffic lite 1
itahari chock traffice light 2