झापा : झापाको शिवसताक्षी नगरपालिका-११ मा पर्ने बच्चाबगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना  महिलाको मृत्यु भएको हो ।
गए राति करिब २ बजे तिर जङ्गली हात्तीले घर भत्काउने क्रममा शान्तिराम भण्डारीकी श्रीमती कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।
भण्डारीलाई घाइते अवस्थामा उपचारका लागि दमक स्थित आम्दा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रेम भण्डारीले बताए । श्रीमान् शान्तिराम भण्डारी गम्भिर घाइते भएका छन् । 
स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो।
हात्ती आहारा खोज्दै भण्डारण गरिराखिएका अन्न खान गाउँ पसेको हो। छावा हात्ती घरभित्र पस्ने र उक्त छावालाई बाहिर निकाल्न माउ हात्तीले घर भत्काउने गरेको स्थानीयले बताए।