इटहरी : इटहरी सरकारले भू-उपयोग क्षेत्र वर्गीकरणको काम माघ मसान्त भित्र सक्ने निर्णय गरेको छ। १२७ औ कार्यपालिका बैठकले वडा स्तरबाटै वर्गीकरणको मापदण्ड बनाई काम सक्ने निर्णय भएको हो ।
इटहरी सरकार वर्गीकरणको विषयमा अलमल परेको भन्दै नापी विभागबाट आएको मालपोत अधिकृत सहितको टोलीले सहयोग गरिरहेको बताउँदै मापदण्ड अनुसार एक महिना भित्र जग्गा कित्ताकाट खुलाउने गरी काम सुरु गर्ने बताइएको  छ । 
कित्ताकाट नहुँदा सर्वसाधारणलाई समस्या भएको भन्दै माघ मसान्त सम्म वडा स्तरबाट जग्गा वर्गीकरण भएर नआए नगरस्तरबाटै निर्णय गरिने कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले बताएका थिए ।
जग्गा भू-उपयोग क्षेत्र वर्गीकरणको काम नसकिँदा कित्ताकाटको समस्या हुने गरेको छ ।  जग्गा कित्ताकाट नहुँदा राजश्व समेत गुमेको भन्दै  जग्गा वर्गीकरण तत्काल  टुङ्गो  लगाउन कार्यपालिका सदस्यहरूले माघ मसान्त अगावै वर्गीकरणको काम सकिने प्रतिवद्द्ता जनाएका थिए ।