धरान : धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ । 
आगलागीमा ४ वटा घर जलेर नष्ट भएका छन् भने २ वटा घर भत्काइएको छ । 
स्थानिय होम बहादुर थापा, डम्बर थापा, झमक थापा र अर्जुन घिमिरेको घर जलेको छ । झमक थापाको घरबाट आगलागी सुरु भएको बताइएको छ ।
आगलागी नियन्त्रणमा आएको प्रशासनले जानकारी दिएको छ।