धरान : धरानमा आज दिउसो भएको सिटी सफारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
धरान-३  पुरानो बजारमा सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा धरान-१५ बस्ने १९ वर्षीय ठिना लिम्बु गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 
प्रदेश १-०२-००३ ह २६५५ नम्बरको सिटी सफारी चालक धरान-११ बस्ने ज्ञान बहादुर थापालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।