धरान: तिन वटा संस्थाले संयुक्त रूपमा सोमवार आयोजना गरेको रक्तदानबाट कुल ८० पिन्ट रगत सङ्कलन भएको छ । कार्यक्रम धरान सिटी कलेज, रोटरी र रोट्याक्ट क्लब धरानको संयुक्त आयोजनामा  भएको हो । 
भानुचोकमा भएको खुल्ला रक्तदानमा ८० पिन्ट रगत सङ्कलन भएको रोटरी धरानका पूर्व सभापति सुरेन्द्र स्थापितले बताए । क्लबले रक्तदान कार्यक्रम नियमित आयोजना गर्दै आएको उनको भनाई छ । 
रक्तदानमा धरान सिटी कलेजका विद्यार्थिहरुले सहभागिता जनाएका थिए ।