बलिउड फिल्म उद्योग विश्वकै सफल र ठुलो उद्योग मध्येको एक हो । त्यहाँ करोडौँको लगानीमा फिल्म बन्छन् भने सेलिब्रेटीको कमाइ पनि त्यही अनुरूप हुने हुँदा बलिउड सिने नगरीका सेलिब्रेटी र आम मानिसको जीवनशैलीमा आकाश जमिनको फरक पाइन्छ । 
बलिउडमा यस्ता केही अभिनेत्री छन्, जो कयौँ प्रयासपछि पनि नाम र दाम कमाउन सकेका छैनन् भने अर्कोतिर त्यस्ता अभिनेत्रीहरू पनि छन्, जसको नाम नसुन्ने कोही छैनन् । बलिउडमा नाम र दाम कमाउने केही अभिनेत्री छन्, जो सम्पत्तिको मामलामा एक अर्कालाई टक्कर दिन सक्छन् । जीवनशैली अत्यन्तै विलासपूर्ण तरिकाको बिताइरहेका ती अभिनेत्रीसँग महँगा घर, गाडी र विभिन्न व्यवसाय मात्र नभई निजी जेट विमानसम्म रहेका छन् ।
प्रियङ्का चोपडा
Priyanka-chopadaग्लोबल आइकनका रूपमा परिचित प्रियङ्का चोपडा आफ्नै बलबुतामा बलिउड तथा हलिउडमा समेत नाम, दाम र सम्मान कमाउने बलिउड अभिनेत्री हुन् । धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी प्रियङ्का अमेरिकी गायक निक जोन्सका साथ विवाह गरेपछि हाल अमेरिकामै बसोबास गर्दै आएकी छिन । विलासपूर्ण जीवन बिताइरहेकी प्रियङ्कासँग आफ्नै जेट विमान रहेको छ । उनी आफ्नो जेट अमेरिका जान-आउन तथा घुमघामका लागि प्रयोग गर्ने गर्छिन् । प्रियङ्का अविवाहित रहँदा उनी प्रेमीलाई भेट्न आफ्नो जेटमार्फत जाने गर्थिन् ।
शिल्पा सेट्ठी
shilpaबलिउडमा फिटनेस, सुन्दरता र सफल फिल्म दिएर कयौँको मनमा बस्न सफल अभिनेत्री शिल्पा सेट्ठीको पनि आफ्नै जेट विमान रहेको छ । सफल व्यवसायी राज कुन्द्राका साथ वैवाहिक जीवन बिताइरहेकी अभिनेत्री शिल्पाका विलासपूर्ण जीवन बिताउन मन पराउने अभिनेत्रीमध्ये एक हुन् ।
मल्लिका सेरावत
mallika-serawatबलिउडमा आइटम नम्बरमार्फत दर्शकलाई मनोरञ्जन दिलाउने अभिनेत्री मल्लिका सेरावतसँग पनि आफ्नै निजी जेट छ । ४३ वर्षीया मल्लिका अहिले पनि निकै सुन्दर देखिन्छिन् । विलासी जीवनशैलीमा रमाउने मल्लिकाको निजी जेट भएका कारण पनि उनी बलिउडका धनी अभिनेत्रीमध्ये एक हुन् भन्ने पुष्टि हुन्छ । आफ्नो प्रेमीका साथ पेरिसमा बसोबास गर्ने मल्लिका आफ्नो सम्पत्ति कारमा पनि खर्च गर्ने गर्छिन् ।
ऐश्वर्या राय बच्चन
aishwarya-raiअभिनेत्री ऐश्वर्या राय बच्चनसँग पनि निजी जेट रहेको छ । उनको ससुरा अभिनेता अमिताभ बच्चन तथा पति अभिषेक बच्चनसहित गरेर बच्चन परिवारसँग कुल तीन जेट रहेका छन् ।  कान्स फिल्म फेस्टिभलमा नियमित सहभागिता जनाउने ऐश्वर्या देश-विदेश भ्रमणको सिलसिलामा आफ्नो जेट प्रयोग गर्छिन् भने उनी आफ्नी छोरी आरध्याका साथ जेटमा घुमघाम गर्न रुचाउँछिन् ।
सन्नी लियोन
Sunny-leoneपूर्वक्यानेडियन पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोन सँग पनि निजी जेट विमान छ । कलाकारितामा आउनुअघि नै धेरै सम्पत्ति कमाएकी सन्नी एक महत्त्वाकाङ्क्षी अभिनेत्री हुन् । बलिउडमा आइटम नम्बरमार्फत राम्रो कमाइ गर्ने सन्नीले विलासितापूर्ण जीवन जिउने क्रममा जेट किनेकी हुन् ।
माधुरी दीक्षित
madhuri-dixitबलिउड फिल्ममा बर्षौं सम्म राज गरेकी अभिनेत्री माधुरी दीक्षित अहिले पनि फिटनेस र सुन्दरताको मामलामा अगाडि छिन । बलिउडमा कडा मेहनतका साथ कयौँ फिल्ममा काम गरेकी माधुरी सँग पनि आफ्नै जेट विमान छ ।
एजेन्सीहरूको सहयोगमा