इटहरी : इटहरी उद्योग वाणिज्य सङ्घमा पहिलो पटक नेतृत्वमा महिला पुग्ने अवसर देखा परेको छ । महिलाको नेतृत्व मार्फत उवासंघ इटहरीलाई चलायमान बनाउने अभियानमा छिन् गायत्री कटवाल (भण्डारी) । व्यवसायीक क्षेत्रमा महिलाको उपस्थिति बलियो हुँदै गएपछि नेतृत्वमा दाबी गर्दै उनी चुनावी अभियानमा छिन् । 
नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलबाट उम्मेदवार भएकी गायत्री सँगै ३ दलका साझा उम्मेदवार जीवन पराजुली र नेकपा एमालेकी रञ्जु सिग्देल प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवार मणिन्द्र कटवालले पनि चुनावी प्रचार लाई तीव्रता दिएका छन् । 
विगतमा उवासंघ इटहरी राजनीति गर्ने थलोको रूपमा परिचित भएको भन्दै गायत्रीले व्यवसायीकरणलाई मुद्दा बनाएकी छिन् । आफ्नो नेतृत्वमा संस्था भित्र कुनै पनि राजनीति नहुने बताउँदै उनले उवासंघको उद्देश्य र योजना व्यवसायीक हित भएको प्रस्ट पारिन् । अब प्रविधि सँगै व्यवसायीक संस्थाहरू चलायमान हुनुपर्ने उनको धारणा छ ।  
उदाहरणीय महिला नेतृत्वको रूपमा स्थापित हुने गायत्रीको विश्वास छ । ‘चुनावी अभियानको क्रममा सङ्कलन भएका समस्यालाई नेतृत्वमा पुगेपछि समाधान गर्ने गर्ने योजना बनाएका छौ । इटहरी उवासंघको क्षेत्र इटहरी चोक बाहेक खनार देखी पकली सम्म एकम्बा देखी तरहरा सम्मको क्षेत्र हो ।,’ उनले भनिन्, ‘सबैले बराबर अपनत्व महसुस गर्नेगरि काम गर्छु । म राजनीतिको लागि अध्यक्ष हुन लागेको हैन । मेरो उद्देश्य भनेको महिलाले नेतृत्व गरेको संस्थाले संस्थागत र व्यवसायीक हितमा कति काम गर्न सक्छ ।’ 
जिफो कलेक्सन इटहरीकी सञ्चालिका गायत्री ३० वर्ष अगाडी देखी व्यवसायमा छिन् । व्यवसायीक घरानाबाट हुर्किएकी उनले बाल्यकाल देखिनै व्यापारमा लागिन् । बाल्यकाल देखिनै प्रतिष्ठित व्यवसायी बन्ने आकाङ्क्षा राखेकी उनी हाल इटहरीमा चर्चित महिला उद्यमी हुन् । 
इटहरी लेडी जेसीजको कार्यकारिणी उपाध्यक्ष भएकी लायन्स क्लब अफ इटहरीमा आबद्ध भइन् । इटहरी उवासंघको सदस्य हुँदा देखिनै एक दिन अध्यक्ष हुने आकाङ्क्षा राखेको गायत्री सुनाउँछिन् । आफूले पाएको जिम्मेवारी इमानदारीताका साथ पुरा गर्ने उनको सङ्कल्प छ । व्यवसायीको आशीर्वाद र मायाले नेतृत्वको जिम्मेवारी आफ्नो काँधमा पर्ने विश्वास व्यक्त गर्छीन गायत्री । 
समाजको उदाहरणीय महिलाहरू सुचीमा पर्ने गायत्रीले उवासंघ इटहरीमा महिलाकै नेतृत्व हुनुपर्ने मुद्दा पहिलो पटक उठाइन् । यसअघि नेकपा एमालेले सुदीप घिमिरेलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । पछि घिमिरेले आफू उम्मेदवार नबन्ने घोषणा गरे । 
पार्टीले उम्मेदवार नबनाए पनि स्वतन्त्र रूपमा चुनावी अभियानमा जाने उद्घोष गायत्रीले गरिन् । पछि एमालेले सर्वसम्मत रञ्जुलाई उम्मेदवार बनायो । जसले गर्दा दुई महिला बिचको प्रतिस्पर्धा रोचक देखियो हुने अनुमान गरियो । पछि जीवनको उम्मेदवारीले झनै माहौल तताएको छ ।  
उवासंघको सदस्य हुँदा समेत महिलाको लागि छुट्टै सदस्यको कोटा हुनुपर्ने माग राखेको उनले स्मरण गराइन् । रेडिमेड व्यवसायी सङ्घको संस्थापक अध्यक्ष समेत रहेकी गायत्री उवासंघको छाता भित्र बसेर बस्तुगत संस्थाको नेतृत्वमा सामाजिक तथा व्यवसायीक काममा लागिपरेको बत्ताउँछिन् ।