धरान : गत फाल्गुण-८ गते धरान १७ आदर्श चौकमा भएको ग्याँस विस्फोटबाट घाइते भएर उपचार गराइरहेका ६ जना मध्ये शनिवार एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक सागर श्रेष्ठका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रेफर गरेर कीर्तिपुर बर्न अस्पताल पुर्‍याएका ६ जना मध्ये घरधनी सबिता राईकी बहिनी २२ वर्षीय सोनिका राईको उपचारको क्रममा शनिवार मृत्यु भएको हो । 
सविता राईको घरमा भाडामा बस्ने अञ्जना राईको कोठामा ग्याँस चुहावट भएर कोसी ग्याँसबाट प्राविधिक पुगेर मर्मत गर्ने क्रममा ग्याँस विस्फोट भएको थियो । विस्फोटबाट ८ जना घाइते भएका मध्ये दुई बालबालिकाको भोलिपल्ट नै प्रतिष्ठानबाट डिस्चार्ज भएका थिए भने अरू बाँकी ६ जनालाई थप उपचारका लागि हेलिकोप्टर र प्लेन मार्फत कीर्तिपुर स्थित बर्न अस्पताल लगिएको थियो । 
बाँकी ५ जनाको अहिले पनि उपचार भइरहेको बताइएको छ ।