सुनसरी : आयोजक हराइजन क्लबले सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङ कप बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
धरान-१७ स्थित हराइजन बास्केटबल कोर्टमा आज आइतबार सम्पन्न खेलमा आयोजकले ज्याकवट क्लब झापालाई ४४ का विरुद्ध ७२ स्कोरले पराजित गरेको छ ।
प्रतियोगितामा सर्वाधिक १९ स्कोर गरेका आयोजकका प्रवीण मगर म्यान अफ द म्याच भए । भोलि सोमबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र होलील्याण्ड इन्टरनेशनल कलेज धरान बिच हुनेछ ।
फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछन्। प्रतियोगितामा दुई विभागीय सहित ८ टिमको सहभागिता रहेको  छ ।
२०६९ साल देखी सुरु भएको हराइजन रनिङ कप बास्केटबल काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुँदै आएको नेपालको पहिलो बास्केटबल प्रतियोगिता हो ।
haraijan-cup-basketball-cup