धरान : नेपाल पुलिस क्लब सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
धरान-१७ स्थित बास्केटबल कोर्टमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का विरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
घरेलु टिमविरुद्ध जित निकाल्न व्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुँदै नगद १ हजार ५ सय पाए ।
पुलिसले अब उपाधिका लागि भोलि हुने टाइम्स कलेज काठमाडौँ र विभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमिफाइनल विजेतासँग शनिवार प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछ ।