सुनसरी : सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङ कप बास्केटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
आज शुक्रवार सम्पन्न अन्तिम सेमिफाइनलमा टाईम्स कलेज काठमाण्डौलाई ८३ का विरुद्ध ८६ स्कोरले पराजित गर्दै आर्मीले पुलिससँगको उपाधि भिडन्त पक्का गरेको हो ।
टाइम्स कलेज विरुद्ध जित निकाल्न व्यक्तिगत २६ स्कोर गरेका आर्मीका निश्चल महर्जन प्लेयर अफ द म्याच घोषित हुँदै नगद १ हजार ५ सय पाए ।
आर्मी र पुलिसबिचको उपाधि भिडन्त भोलि शनिवार हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछ ।