वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको पहिलो खेलमा वडा नं. ८ र वडा नं १० बिचको खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा १/१ गोल खले पछि दुवै टिमले १/१ अङ्क बाँडेका थिए ।
खेलको पहिलो हाफमा वडा नं १० ले अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा जर्सी नं.८ का भोजराज राईले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा वडा नं.८ खेलमा फर्किएको थियो ।
खेलको ५९ औँ मिनेटमा जर्सी नं.९ का टिम क्याप्टेन रमेश मुखियाले बराबरी गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच वडा नं.८ का टिम क्याप्टेन रमेश मुखिया घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा वडा नं. २ विजयी भएको छ । वडा नं.११ लाई शून्यका विरुद्ध ७ गोल अन्तरले पराजित गर्दै वडा नं.२ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल बनेको छ ।
गोलको वर्षा गरेको वडा नं.२ ले खेलको पहिलो मिनेटमा नै गोल गरेको थियो । जर्सी नं ७ का दीपेश तामाङले गोल गरेका थिए । एकतर्फी बनेको खेलमा पहिलो हाफको १९ औँ मिनेटमा वडा नं.२ ले अग्रतालाई दोब्बर बनाएको थियो । टिम क्याप्टेन जर्सी नं.१६ का वर्तमान राईले गोल गरेका थिए ।
पहिलो हाफमा २ गोलले अग्रता लिएको वडा नं.२ ले दोस्रो हाफमा थप ५  गोल गरेको थियो। दोस्रो हाफको ७ औँ मिनेटमा जर्सी नं ७ का दीपेश तामाङले गोल गरेका थिए ।
पुन:दोस्रो हाफको ९ औँ मिनेटमा गोल गर्दै जर्सी नं.७ का दीपेश तामाङले ह्याट्रिक  पूरा गरेका थिए । लगातार ३ गोल गरेका दीपेशले दोस्रो हाफको २४ औँ र ३४ औँ मिनेटमा गोल गर्दै खेलमा ५ गोल गर्न सफल बनेका थिए । खेलको निर्धारित समयमा ६ गोल गरेको वडा नं २ ले अतिरिक्त समयमा थप १ गोल गरेको थियो । जर्सी नं १६ का वर्तमान राईले गोल गरेका थिए ।
खेलमा ५ गोल गरेका वडा नं २ का दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा मङ्गलवार पहिलो खेल वडा नं.५ र वडा नं ६ तथा दोस्रो खेल वडा नं. १ र वडा नं. ४ का बिच हुनेछ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सुरु प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।