वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बुधवार भएको पहिलो खेलमा वडा नं ७ विजयी भएको छ।
वडा नं.११ लाई शून्यका विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै ७ ले ३ अङ्क जोडेको छ । लगातार दोस्रो जित दर्ता गरेको वडा नं.७ ले प्रतियोगितामा ६ अङ्क पुर्‍याएको छ ।
खेलको पहिलो हाफमा वडा नं.७ ले अग्रता लिन सफल भएको थियो। पहिलो हाफको अतिरिक्त समयमा ३७ जर्सी नं.६ का सन्देश श्रेष्ठले गोल गरेका थिए ।
पहिलो हाफमा १ गोलले अग्रता लिएको वडा नं.७ ले दोस्रो हाफमा थप २ गोल गरेको थियो । खेलको ४२ मिनेटमा वडा नं ७ ले अग्रतालाई दोब्बर बनाएको थियो ।जर्सी नं.१७ का ओमन राईले गोल गरेका थिए भने खेलको ६८ मिनेटमा जर्सी नं.८ का रबिन राईले गोल गर्दै वडा नं.७ लाई शून्यका विरुद्ध ३ गोलको अन्तरले विजयी गराएका थिए ।
खेलमा १ गोल गरेका ओमन राई म्यान अफ द म्याच  घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
त्यस्तै बुधवार नै भएको दोस्रो खेलमा वडा नं.९ विजयी भएको छ । वडा नं.८ लाई १ गोलका विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै वडा नं.९ ले प्रतियोगितामा महत्त्वपूर्ण ३ अङ्क जोडन सफल भएको छ । पहिलो खेलमा बराबरी खेल्दै १ अङ्क प्राप्त गरेको वडा नं ९ ले प्रतियोगितामा ४ अङ्क पुराएको छ ।
खेलको २१ मिनेटमा वडा नं.९ ले गोल गरेको थियो । जर्सी नं.८ का सुजित राईले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको वडा नं.८ खेलको ५८  मिनेटमा खेलमा फर्किएको थियो । जर्सी नं.१७ करण उराँव बराबरी गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मकता बनेको खेलको अतिरिक्त समयमा वडा नं.९ का जर्सी नं १६  का योगेश राईले गोल गर्दै आफ्नो टिमलाई महत्त्वपूर्ण ३ अङ्क थप्न सफल भएका थिए । खेलमा १  गोल  गरेका वडा नं ९ का योगेश राईले  म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । 
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा बिहीबार पहिलो खेल वडा नं.२ र वडा नं.६ तथा दोस्रो खेल वडा नं.१० र वडा नं.३ का बिच हुनेछ।