वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत शुक्रवार भएको पहिलो खेलमा वडा नं.४ र ८ को खेल बराबरीमा टुङ्गिएको छ ।

निर्धारित र अतिरिक्त समयमा दुवै टिमबाट १-१ गोल पछि दुवै टिमले अङ्ग बाँडेका छन् । २ खेल बराबरी र खेलमा विजयी बनेको वडा नं.४ ले ३ प्रतियोगितामा ५ अङ्क पुर्‍याएको छ । भन्ने २ खेलमा बराबरी र १ खेलमा पराजित बनेको वडा नं.८ ले प्रतियोगितामा २ अङ्क पुराएको छ ।

खेलको दोस्रो हाफको १५ मिनेटमा वडा नं.४ ले खेलमा अग्रता लिएको थियो । जर्सी नम्बर ९ का कृष्ण थापाले गोल गरेका थिए । १ गोलले पछि परेको वडा नं ८ दोस्रो हाफको २४ मिनेटमा खेलमा फर्किएको थियो । टिम क्याप्टेन जर्सी नम्बर ९ का रमेश मुखियाले बराबरी गोल गरेका थिए ।

खेलमा १ गोल गरेका वडा नं ८ का टिम क्याप्टेन रमेश मुखिया म्यान अफ द म्याच  घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै शुक्रवारनै भएको दोस्रो खेलमा वडा नं.५ विजयी भएको छ । वडा नं.११ लाई शून्यका विरुद्ध १० गोलको अन्तरले पराजित गर्दै वडा नं.५ ले प्रतियोगितामा महत्त्वपूर्ण ३ अङ्क जोडन सफल भएको छ ।

पहिलो खेलमा बराबरी खेल्दै १ अङ्क प्राप्त गरेको वडा नं.५ ले प्रतियोगितामा ४ अङ्क पुर्‍याएको छ भने लगातार ३ खेलमा पराजित बनेको वडा नं.११ ले प्रतियोगितामा अङ्क जोड्न सकेको छैन ।

खेलमा ४ गोल गर्दै ह्याट्रिक पूरा गरेका वडा नं.५ का अर्जुन कुवर म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । 

प्रतियोगितामा शनिवार पहिलो खेल वडा नं.३ र वडा नं.९ तथा दोस्रो खेल वडा नं.२ र वडा नं.७ का बिच हुने आयोजकले जनाएको छ ।