वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लीग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत शनिवार भएको पहिलो खेलमा वडा नं.३ विजयी भएको छ ।

वडा नं.९ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं.३ ले प्रतियोगितामा तीन अङ्क जोडेको छ । जितसँगै प्रतियोगितामा यस अगाडि एक खेल बराबरी एक हार खेलेको वडा नं ३ प्रतियोगितामा चार अङ्क पुर्‍याएको छ । वडा नं.९ ले पनि तीन खेलमा एक खेलमा बराबरी, एक खेलमा जित र खेलमा पराजित भएसँगै प्रतियोगितामा चार अङ्क छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं.३ का रोशन भुजेल म्यान अफ द म्याच  घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै शनिवार नै भएको दोस्रो खेलमा वडा नं.२  विजयी भएको छ । वडा नं ७ लाई शून्यका विरुद्ध पाँच गोलको अन्तरले पराजित गर्दै वडा नं २ ले प्रतियोगितामा तीन अङ्क जोडन सफल भएको छ । लगातार तीन खेलमा विजयी बनेको वडा नं २ ले प्रतियोगितामा नौ अङ्क पुर्‍याएको छ । तीन खेलमा दुई खेलमा विजयी र एक खेलमा पराजित बनेको वडा नं ३ को प्रतियोगितामा छ अङ्क छ।

खेलमा दुई गोल गरेका वडा नं २ का सुनिल शाक्य म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफि प्राप्त गरेका थिए ।

प्रतियोगितामा आइतबार पहिलो खेल वडा नं १ र वडा नं १० तथा दोस्रो खेल वडा नं २ र वडा नं ५ का बिच आयोजकले जनाएको छ ।