वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडास्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नं ३ फाइनलमा प्रवेश गरेको छ। 
शनिवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ७ लाई शून्यका विरुद्ध एक गोलको अन्तरले पराजित गर्दै वडा नं ३ फाइनलमा प्रवेश गरेको हो।
वराहक्षेत्र ७ देबिघाट स्थित बसन्तऋतृ माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलको पहिलो हाफमा अतिरिक्त समयमा वडा नं ३ ले अग्रता लिएको थियो। जर्सी नं १५ का खेमराज श्रेष्ठले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफको अतिरिक्त समयमा वडा नं ७ ले बराबरी गोल गरेको थियो । जर्सी नं १२ का अर्जुन राईले गोल गरेका थिए। 
खेलको निर्धारित ३५-३५ मिनेटमा दुवै टिमले एक एक गोल र थपिएको सात सात मिनेटमा पनि दुवै टिमबाट कुनै गोल नभए पछि खेलको नतिजा टाइब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा पनि दुवै टिमले चार-चार गोल गरेपछि खेलको नतिजा सडनडेथबाट लिइएको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ३ का गोलरक्षक निसान थापा म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफी हात पारेका थिए। नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा अन्तरगत आइतबार अन्तिम सेमिफाइनल खेल समूह 'ख'को विजेता वडा नं २ र समूह 'क' को उपविजेता वडा नं १ का बिच हुनेछ ।