वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । फाल्गुन २७ गतेबाट सुरु लिग चरणको खेल सकिएसँगै नकआउटमा पुग्ने अन्तिम चार टिमको टुङ्गो लागेको हो ।

लिग चरणको अन्तिम खेलमा वडा नं ९ विजयी भए पनि गोल संङख्याको आधारबाट लिग चरणबाट बाहिरिएको छ । वडा नं.९ ले वडा नं १० लाई दुई गोलको विरुद्ध तीन गोलको अन्तरले पराजित गरेको थियो । उक्त खेलमा म्यान अफ द म्याच वडा नं ९ का विवश चौधरी  घोषित भए । उनले नगर दुई हजार एक सय र ट्रफी प्राप्त गरेका थिए ।

लिग चरणको पाँच खेलबाट वडा नं १ र वडा ९ को समान आठ-आठ अङ्क प्राप्त गरे पनि गोल संङख्याको आधारमा वडा नं १ समूह 'क' बाट उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल बन्यो ।

उक्त समूहबाट वडा नं ३ समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरी सकेको छ। वडा नं ३ ले लिग चरणका पाँच खेलबाट दस अङ्क जोड्न सफल भएको थियो ।

समूह 'ख' बाट वडा नं २ समूह विजेता बन्दै लिगको सेमिफाइनलमा प्रवेश गरेको थियो । वडा नं २ ले प्रतियोगिताको लिग चरणका चार खेलबाट नौ अङ्क प्राप्त गरेको थियो । उक्त समूहबाट समान अङ्क भए पनि वडा नं ७ गोल संङख्याको आधारमा समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थियो।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं ७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा अन्तरगत शनिवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल समूह क को विजेता वडा नं ३ र समूह ख को उपविजेता वडा नं ७ बिच हुनेछ ।