विराटनगर : ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ ।सहिद रङ्गशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

६१ वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौँ संस्करणको विराट गोल्डकप उपाधि जित्न ६ दशक कुनुपर्‍यो ।

विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपविजेता केरलाले १० लाख  १५ हजारमा चित्त बुझायो।

जितको लागि विराटनगर सिटीका अफिज ओरवा, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरुङले गोल गरेका थिए । खेलको सातौँ मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको सुरुवाती अग्रता दिलाए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई  अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए ।

७८ औँ मिनेटमा विमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई विमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औँ मिनेटमा  मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए । विमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।

फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रूपको पुरस्कार पनि  विराटनगर सिटीको वर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए।

यस्तै फेयर प्लेयर अफ द टुर्नामेन्ट जावलाखेल यूथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरुङ भए । उनले खेल अवधि भर दुई गोल गरेका थिए । बेस्ट फरवार्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ घोषित भए ।

बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रूपमा एवार्ड पाउनेहरूले जनही २५/२५ हजार रुपैयाँ पाए।

फाइनल खेलको २१ औँ मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर फाले । पहिलो हाफमा केरला एक गोलले पछि परेपछि दबाबमा परेको थियो । पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाले बराबरीमा ल्याउने अवसर खेर गयो ।

४२ औँ मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्ट माथिबाट बल बारियो ।

४३ औ मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबाट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो । खेलको ७४ औँ मिनेटमा विराटनगरले पेनाल्टी पाएको थियो ।

केरलाको टिमको डिबक्स भित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । पेनाल्टी सुट आउटमा स्टेफेनल गरेको प्रहार केरेलाको गोलकिपर सनफिरले उत्कृष्ट बचाए । त्यस लगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो । भारतका ७७ औँ मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । त्यस लगतै पलको डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका  गोलकिपर प्रदीप भण्डारीले  बिफल पारिदिए ।

प्रतियोगितामा प्रमुख अतिथि एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ्ग, विराट गोल्डकपको आयोजक समितिको संयोजक तथा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार वितरण गरेका थिए ।