• रश्मि प्रधान
धरान : धरान वडा नं. १४ स्थित विजयपुरको नयाँ टोलमा परालको थुप्रोमा आगो लागेको छ ।
मंगलबार ४/५ जना केटाकेटीहरूले खेल्ने क्रममा सलाई बोकेका केटाकेटीले परालमा आगो लगाएको शङ्का गरिएको छ।
परालको छेउमा लस्करै घरहरू रहेको र आगो घरमा सल्केको भए ठुलो क्षति हुन सक्ने धरान उपमहानगरपालिका धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए ।
उनले केटाकेटीहरूका कारण यस्ता थुप्रै घटनाहरू हुने गरेको र केटाकेटीलाई सलाई र लाइटर जस्ता बस्तुहरू चलाउन नदिन सम्पूर्ण आम जनसमुदायलाई आग्रह गरेका छन् ।
गाईपालन गर्दै आएका विजयपुर घर भएका लक्ष्मी श्रेष्ठ र गोपी तिम्सिनाले भण्डारण गरेको लगभग ४० हजार बराबरको पराल नष्ट भएको छ । स्थानीयको चन्द्र बहादुर श्रेष्ठका अनुसार आगो  साँझको ४ बजेबाट लागेको बताएका छन् ।
घटना स्थलमा वडा अध्यक्ष भट्टराई आफै उपस्थित भएर आगो नियन्त्रणमा लागेका थिए । स्थानीयवासी र धरान उपमहानगरपालिकाको २ वटा दमकलको सहयोगमा नियन्त्रण लिइएको थिए ।
bijayapur-paral-2