धरान : नेकपा एमाले धरान नगर समितिको अध्यक्षमा हर्कजंग एभेङ निर्विरोध चयन भएका छन् । पार्टीमा फुट आएपछि भएको प्रथम नगर अधिवेशनले उनको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशन धरान-१५ स्थित चुम्लुङ हिममा मङ्गलवार र बुधवार चलेको थियो । अधिवेशनले कार्यसमितिका उपाध्यक्ष पारस काङमाङ, सचिव राजेन्द्रकुमार राई, उपसचिव द्वय योगेशबाबू काफ्ले, दिवस कन्दङवा निर्वाचित भएका छन् ।
निर्वाचन कमिटी संयोजक गोविन्द मिश्रका अनुसार कार्यसमिति सदस्यहरूमा २० वटा वडा भूगोलबाट शान्तिराम खतिवडा, विकास भुजेल, हरि प्रसाद शाही, दीपककुमार बनेपाली, राजेन्द्र राई, मनप्रसाद लिम्बू, सुनिता राई, रामजी विष्ट, भुवनसिंह बस्नेत, टल्के तामाङ, धन बहादुर राई, टेकबहादुर कन्दङ्वा, लोक कुमारी श्रेष्ठ, शिवकुमार राई, कृष्ण बहादुर राई छन् ।
यस्तै राधिका राई, गोपालबहादुर तामाङ, पूर्णदेवी राई, आइतबहादुर लिम्बू, ब्रहमज्ञ भट्टराई, राज कुमार तामाङ, देवराज श्रेष्ठ, हरिबहादुर कार्की, रबिन बर्देवा, लक्ष्मण श्रेष्ठ, जगत बहादुर भारती,रत्न कुमार नेम्वाङ छन् ।
यस्तै सग्रामसिंह लिम्बू, सरिता श्रेष्ठ गिरि, निरमाया विश्वकर्मा, हीरादेवी राई, सुरेश कुमार श्रेष्ठ, हिमाल कार्की, दिनेश कोइराला, सीमा राई, विनोद राई, नवीन राई, राजकुमार राई ,झुमादेवी गुरुङ,प्रताप तामाङ रहेका छन् ।
शाखाबाट कमल भट्टराई र गोपी योगी, युवा विद्यार्थीबाट रतन लिम्बू, दिल कुमार लामिछाने, विवेक राई, सुजता खकुरेल छन् । दलितबाट सुनिता सेन्चुरी, दीपक दर्नाल, कमला बिक छन् । महिला खुल्लाबाट कमला श्रेष्ठ, सीता राना राई, सिर्जना नेपाल, झरना सुनुवार, शकुन्तला भुसाल, दुर्गा कुमारी घिमिरे, मिसन लामा, विजयकला राई, मनु मोक्तान छन् ।
मधेसी मुस्लिम र अल्पसङ्ख्यकबाट देव शाह, अव्वास अन्सारी, नुमा लिंखा राई, आदिवासी जनजातिबाट दीपक युवा लिम्बू, प्रवीण राई, कल्पना थापामगर छन् । खुल्लाबाट दामोदर गुरागाईँ, मनोज राउत, दिवस बालाखाम, मनकुमार राई, सुजता राई, अनुप देवान, विमला श्रेष्ठ, ऋचा शकर, आनन कुमार राई, सुशील सुवेदी, कुलचन्द्र न्यौपाने, चन्द्रबहादुर भुजेल, देवाहाङ राई छन् ।
नवनिर्वाचित अध्यक्ष एभेङ नेकपामा फुट आएपछि केपी ओली गुटबाट एमाले धरान नगर अध्यक्ष भएका थिए । उनी अध्यक्ष भएसँगै धरानमा एमालेको दुई वटा समानान्तर कमिटी बनेको थियो । १० बुँदे पक्ष र संस्थापन भनिएको दुई समूहलाई समायोजन गर्न प्रथम नगर अधिवेशन गरिएको हो ।


































































