धरान : सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदिएमा बगेर बेपत्ता भएको सशस्त्र प्रहरीको नम्बर-१ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरको टोलीले झापाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नवीन न्यौपानेको शव नदीबाट निकालेको छ ।
हराएका अन्य दुई जनाको खोजी कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
न्यौपाने सहित मोरङ जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाईँ र झापाको दमक-९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने बुधवार बिहान कोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
दुई न्यौपाने एकाघरका दाजुभाइ भएको खुल्न आएको छ ।