विश्वव्यापी रूपमा भिभो नवीनता विशेषताहरु तथा यसको फराकिलो दायराका उत्पादनहरुका लागि परिचित स्मार्टफोन ब्राण्ड हो । भिभोको उच्चस्तरीय प्रविधि एवं आकर्षक विशेषता र मुल्यले गर्दा नेपालमा निकै लोकप्रिय स्मार्टफोन बन्न सफल भएको छ । भिभोका भी सिरिजलाई यसको उत्कृष्ट डिजाइन र विश्व-स्तरीय क्यामेरा प्रविधिले कन्टेन्ट क्रियटरहरुमाझँ आमुल परिवर्तन ल्याएको छ । त्यस्तै, भी२१, भी२३ फाइभजी, भी२३ई मा अत्याधुनिक इमेजिङ प्रविधि र स्लिक डिजाइन छ । साथै, प्रयोगकर्तालाई उत्कृष्ट अनुभवहरू प्रदान गर्ने भिभोको प्रतिबद्धताले यसलाई नेपालमा अझ लोकप्रिय बनाएको छ ।

भिभोको भी२५ सिरिजले आफ्ना आकर्षक विशेषताहरुको कारण नेपाली प्रयोगकर्ताहरूमाझ निकै लोकप्रियता हासिल गरेको छ । भी२५ सिरिजको कलर–चेन्जिङ ग्लासले विशेष चर्चा कमाएको छ, भने यी अलराउन्डर स्मार्टफोनले अधिकतम शक्ति र कार्यसम्पादन कायम राख्दै प्रयोगकर्ताहरूलाई अधिकतम उत्पादकता सुनिश्चित गरेको छ ।

यसबाहेक, भी२५ फाइभजी र भी२५ स्मार्टफोनमा ६४एमपी ओआईएस अल्ट्रा-सेन्सिङ रियर क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरका तस्बिरहरू खिच्न मद्दत गर्दछ । साथै, ब्याक क्यामेरामा रहेको हाइब्रिड इमेज स्टेबलाइजेशन प्रणाली एक गेम–चेन्जर हो, जसले इलेक्ट्रोनिक इमेज स्टेबलाइजेशन र अप्टिकल इमेज स्टेबलाइजेशनको संयोजनबाट क्यामेरा हलचल भइरहेको बेलामा पनि स्थिर, स्पष्ट तथा उच्च गुणस्तरका भिडियोहरू खिच्दछ ।

भी२५ फाइभजीमा ५०एमपी अटोफोकश एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा छ, जसले सेल्फी खिच्दा अनुपम अनुभव प्रदान गर्दछ । त्यस्तै भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ । यी उच्चस्तरीय क्यामेरा सुविधाहरू कन्टेन्ट क्रियटरका लागि मात्र नभएर विभिन्न दैनिक कार्यहरूको लागि पनि उपयुक्त छन् । यसको फ्रन्ट क्यामेराको साहयताले स्पष्ट र सहज भिडियो कलहरू गर्न सकिन्छ भने भर्चुअल काम वा अनलाइन सिकाइलाई पनि सहज बनाउछ ।

यसको उत्कृष्ट इमेजिङ प्रविधि र विशेषताहरुका साथ, व्यक्तिगत र व्यावसायिक दुवै प्रयोगका लागि भरपर्दो र उच्च गुणस्तरको स्मार्टफोन खोज्ने नेपाली प्रयोगकर्ताहरूका लागि भी२५ सिरिज एक उत्तम विकल्प हो ।

अहिलेको समयमा स्मार्टफोनहरू दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ, र भी२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक कार्यहरुलाई सहज बनाउन मद्दत गर्दछ । यी स्मार्टफोनहरूमा विस्तारित र्याम ३.० छन् जसलाई ८ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसले प्रयोगकर्ताहरूलाई कुनै पनि अवरोध बिना एकैसाथ धेरै कार्यहरू गर्न र एक एपबाट अर्कोमा सहजै स्वीच गर्न सक्षम बनाउँछ । यसबाहेक, भी२५ फाइभजी मा डाइमेन्सिटी ९०० र भी२५ई मा जी९९ प्रोसेसर रहेको छ । भी२५ सिरिजमा ४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ, जसले बिना कुनै ब्याट्री चिन्ता आनन्दले फोन चलाउँन सकिन्छ । 

भी२५ सिरिजले आफ्नो अभूतपूर्व डिजाइन, अतुलनीय शक्ति र उत्कृष्ट प्रदर्शनका कारण छोटो समयमै नेपालमा उच्च प्रशंसा पाइरहेको छ । प्रविधिको पोक्त ज्ञान र तिव्र जीवनशैलीसँग मेल खाने भएकाले भी२५ सिरिज नेपाली उपभोक्ताहरुका लागि उत्कृष्ट विकल्प हो ।