धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले धरान खानेपानी बोर्डको खातामा अघिल्लो मेयर तिलक राईको कार्यकालमा छोडेर गएको रकम ३ करोड रुपया मात्र बाँकी रहेको बताएका छन् । पछिल्लो समय खातामा ७ करोड रुपया बाँकी रहेकोमा त्यो रकम सकिएको चर्चा चलिरहेको बेला मेयर साम्पाङले उक्त कुरा बताएका हुन् ।

पत्रकार महासङ्घबाट मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीसँग पत्रकार तथा प्रेस स्वतन्त्रताप्रति आफ्नो संक्षिप्त जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

मेयर साम्पाङले आफूले कार्यभार सम्हालेपछि पछि बोर्डको कोष बारे बुझ्दा लेखाले ३ करोड रुपया खातामा रहेको जानकारी दिएको बताए । कसैले भनेको, सुनेकै भरमा पत्रकारले जेसुकै भन्दिने भनी प्रश्न गर्दै उनले भने ‘सात करोडै हो भने चार करोड कहाँ गयो ? कसले खर्च गर्‍यो ?’

स्वतन्त्रता नाममा जथाभावी बोल्न नपाउने स्मरण गराउँदै उनले भने ‘केही पत्रकारहरू प्रति मेरो असमझदारी छ ।’ प्रेस स्वतन्त्रता दिवसमा केशव घिमिरेले उपमहानगरपालिकाको चार पाँच वटा शाखामा भ्रष्ट्राचार हुने गरेको छ  भनी बोलेको उल्लेख गर्दै यस्ता कुराको पुष्टि गर्नु पर्ने बताए ।

उनले हरेक कुरामा बस्तुनिष्ठ र कर्तव्य निष्ठ हुनु पर्दछ व्यक्ति निष्ठ हुनुहुन्छ भन्दै घिमिरेले धरान खानेपानी बोर्डमा नभएको रकमको कुरा पुष्टि गरिदिए आफू आभारी हुने बताए । मेयर साम्पाङले भने ‘आलोचनात्मक  टिकाटिप्पणी गर्नु पर्दछ तर टिका टिप्पणी मात्र चै गर्नु हुँदै ।’

मेयर साम्पाङले आफूले गरेको राम्रो कामको समाचार नलेखिएकोमा दुःखेसो गर्दै भने ‘नगर प्रमुखले राम्रो काम पनि त गरेको छ नि राम्रो कामको चै कहिले समचार नलेख्ने पत्रकारहरू पनि छन् ।’ ध्यानाकर्षण पत्र बुझिपछि मेयर हर्क साम्पाङ महासङ्घले ३ को समय दिएकामा २ दिन भित्र लिखित जबाफ पठाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले बोल्न पाउने अधिकार पत्रकारको मात्र नभएर कुनै पनि व्यक्तिको आफ्नो प्रतिरक्षा गर्ने अधिकार पनि हुने बताउँदै आफू त्यस्तै बोल्न पाउने अधिकार भएको एउटा नागरिक अनि मात्र नगर प्रमुख रहेको बताए ।

एउटा व्यक्तिको प्रतिरक्षात्मक अधिकार हुने लोकतन्त्रमा वाक स्वतन्त्रतालाई पनि मान्यता दिएको बताए बताउँदै भने ‘आरोप प्रत्यारोप चलिरहेको बेला नगर प्रमुख भएपछि अरूको कुरा मात्र सुनिराख्नु पर्दछ र ढुङगा भएर बस्नु पर्छ भन्ने आफ्नो मान्यताले दिँदैन ।’