इटहरी : कोशी प्रदेश नामाङ्कन परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालय तोडफोड गरेका छन् । आजबाट सुरुभएको बजेट अधिवेशनको प्रदेशसभा बैठक अवरोध गर्न पुगेका आन्दोलनकारीले तोडफोड गरेका हुन् ।
प्रदेश सरकार र स्थानीय प्रशासनले हिजो देखिनै कर्फ्यु लगाएपनि बिहानै देखि आन्दोलन सुरुभयो । छिटफुट रूपमा सुरु भएको आन्दोलन देवकोटा चोकमा भेला भएपछि उग्र भएको हो ।
आन्दोलनरत किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हताजु राईसहित ३० जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
aandolan1