धरान : कोशी प्रदेश फुटबल सङ्घको प्रथम प्रदेश अधिवेशनले धरान फुटबल क्लबका अध्यक्ष किशोर राईलाई अध्यक्ष पदमा पुनः निर्विरोध निर्वाचित गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घको पुनर्संरचना गरिएपछि पहिलो पटक गठन भएको प्रदेश नं १ फुटबल सङ्घ तदर्थ समितिको राई पहिलो अध्यक्ष थिए । आज भएको प्रदेश अधिवेशनले उनलाई पुनः ४ वर्षे कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको हो ।

राईको अध्यक्षतामा प्रदेश फुटबल सङ्घको २१ सदस्यीय कार्यसमिति पनि अधिवेशनले निर्विरोध निर्वाचित गरेको छ । समितिका ६ जना उपाध्यक्षहरूमा मणिकुमार लिम्बु, समीर राई, कविरमान तुम्बापो, शिव न्यौपाने सफल किरात छ ।

सदस्यहरूमा लक्ष्मीप्रसाद काफ्ले, मनेश दाहाल, शम्भु प्रधान, महानन्द भक्तराज, रञ्जन कार्की, शारदा लिम्बु, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेमप्रसाद तामाङ, कुबेर आङदम्बे लिम्बु र गोकर्ण भट्टराई पनि निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिको महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षहरु कार्यसमितिले थप मनोनयन मनोनयन गर्ने प्रदेश अधिवेशनले निर्णय गरेको छ । प्रदेश समितिको विधान तयार नभएकाले यथाशीघ्र विधान निर्माण गर्न निर्णय पनि अधिवेशनले गरेको छ ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले प्रथम प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए । धरान-१७ स्थित एन्फा एकेडेमीमा आयोजित समारोहमा उनले नेपाली फुटबललाई नयाँ दिशामा लैजान एन्फाले ठुलो सङ्घर्ष गर्दै आएको बताए ।

एन्फाका केन्द्रीय महासचिव किरण राईले फुटबलको संस्थागत विकासका लागि एन्फा र क्लब प्रणालीलाई बलियो बनाउन खेलाडी देखी सबैले सहमति र सहकार्य जरुरी भएको बताए ।

समापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष किशोर राईले प्रदेश फुटबल क्लबको संरचना नयाँ भएकोले साधन श्रोतको कमी भएता पनि नयाँ कार्यसमितिले उच्च मनोबलका साथ प्रदेशको फुटबललाई नयाँ गति दिने काम गर्ने विश्वास व्यक्त गरे ।anfa-adhibeshan-2