वराहक्षेत्र : मौलिक एवम् परम्परागत महत्त्व बोकेको नौमती बाजालाई संरक्षण गर्ने उद्देश्यले वराहक्षेत्र नगरपालिकामा नौमती बाजा बजाउन तालिम सुरु भएको छ।

वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगबाट दलित अभियान नेपाल सुनसरीको र नेपाल संयुक्त दलित समाजको आयोजना र सह-आयोजनामा उक्त तालिम आयोजना भएको हो ।

गत वैशाख ३० गतेबाट सुरु उक्त तालिम १ महिनासम्म सञ्चालन हुनेछ । दुई सिफ्टमा जारी तालिममा १४/१४ जना प्रशिक्षार्थीहरू सहभागी रहेका छन् । तालिममा सहजीकरण प्रशिक्षण सन्तोष परिवारले गरी रहेका छन् ।

विवाह, उत्सव तथा शुभ कार्यमा प्रयोग गरिने मौलिकता बोकेको दमाहा, झ्याम्टा, सनाइ, ढोलक, ट्याम्को, नरसिंहे जस्ता ९ वटा बाजाहरूलाई एकैसाथ बजाउने नौमती बाजा लोप हुँदै गएको र यसको संरक्षणकालागि कार्यक्रम ल्याएको नगर प्रमुख रमेश कार्की बताउँछन् ।

नगरपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध भएपछि त नौमती बाजा संरक्षणका लागि एक महिने तालिम सुरु भएको नेपाल संयुक्त दलित समाजका निवर्तमान अध्यक्ष एव कार्यपालिका सदस्य रत्न रम्तेलले बताए ।